पोखरामा पर्यटकलाई दुःख–हैरानी दिने पाँच जना नियन्त्रणमा

पोखरामा पर्यटकलाई दुःख–हैरानी दिने पाँच जना नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०८३
  • 418
    Shares

पोखरा, १९ असोज २०८३ ।

पोखरामा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै झोला तान्ने, करकाप गर्ने तथा दुःख–हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई दिनसम्म पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा चलाएको स्वीप अप्रेसन’का क्रममा पर्यटकलाई तानातान गरेर दु:ख हैरानी दिने पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले सर्वसाधारण तथा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै पछ्याउने, झोला तान्ने, करकाप गर्ने तथा अनावश्यक रूपमा दुःख–हैरानी दिने गरेको प्रहरीको आरोप छ। नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पर्यटकको आवागमन बढी हुने पोखराका मुख्य चोक तथा बसपार्क क्षेत्रमा पर्यटकलाई लक्षित गरी विभिन्न बहानामा हैरानी दिने गतिविधि रोक्न प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया