चितवन, १९ असोज २०८३।
चितवनमा आइतबार बुलेट मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र. ०६–००५ प १६१० नम्बरको बुलेट मोटरसाइकल सिमलढापस्थित भित्री सडकखण्डमा आइतबार बेलुका करिब ७:२० बजे आफैं अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक युवाको मृत्यु भएको हो भने अर्का घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देबेन्द्र थापालाई तत्काल उद्धार गरेर उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा देबेन्द्र थापालाई बेलुका ८:०५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।
सोहि दुर्फ्गतानाम सामान्य घाइते भएका स्याङ्जाको वालिङ नगरपालिका–८ घर भई हाल भरतपुर–११ बस्दै आएका २८ वर्षीय सागर थापाको नयाँ मेडिकल कलेज भरतपुरमा नै उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।