रुपन्देही, १७ असोज २०८३ ।
रुपन्देही जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक सदस्य जागेश्वर पङ्गेनी पाल्पाली सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।
रुपन्देहीको देवदह नगरपालिका–२ निवासी ५५ वर्षीय पङ्गेनी शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा देवदहको भलुहीदेखि केउली जाने सडकखण्डअन्तर्गत पर्ने पाल्पाली सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार , च्याउ खोज्न जंगल पुगेका स्थानीयले जंगलभित्र पङ्गेनी सवार मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर खोजी गर्दा पङ्गेनीलाई शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा फेला पारेको हो।
पङ्गेनीको मृत्युको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ। शरीरको ठूलो भाग जलेको अवस्थामा शव भेटिएकाले घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धानपछि मात्र विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाइएको छ।
सार्वजनिक विवरणअनुसार उनी जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका सञ्चालक सदस्यका रूपमा समेत आबद्ध थिए। धनञ्जय गोत्रीय पंगेनीहरूको रुपन्देहीस्थित संस्थाको कार्यसमितिमा उनी कोषाध्यक्षको जिम्मेवारीमा रहेको विवरणसमेत सार्वजनिक भएको छ। समाचार स्रोत : दाउन्ने एफएम