जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान जंगलमा मृत भेटिए

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान जंगलमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असोज २०८३
  • 399
    Shares

डडेल्धुरा, १३, असोज २०८३ ।

– जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरी जवान जंगलमा मृत भेटिएका छन्।

बैतडीको सिगास गाउँपालिका-३ स्थायी घर भएका प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका-५ स्थित स्थानीय जंगलमा मृत भेटिएका हुन्। बोहरा जंगलमा झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनाअघि उनले आफूले झुण्डिन लागेको तस्बिर आफ्नी श्रीमतीलाई पठाएका थिए। श्रीमतीले तत्काल जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी कार्य शुरु गरिएको थियो। खोजीका क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया