डोल्पा १३, असोज २०८३ ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जिल्ला अदालत डोल्पाबाट बैंकिङ कसुर मुद्दामा थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो।
थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट त्रिपुरासुन्दरी नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
पक्राउ परेका थापालाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो। अदालतबाट उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए।
प्रहरीले बैंकिङ कसुरसम्बन्धी आरोपबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।