पोखरा महानगरपालिकाले माग्यो १८ जना नगर प्रहरी, असोज २६ सम्म दरखास्त दिन सकिने

पोखरा महानगरपालिकाले माग्यो १८ जना नगर प्रहरी, असोज २६ सम्म दरखास्त दिन सकिने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 437
    Shares

पोखरा, ९ असोज २०८३।

पोखरा — पोखरा महानगरपालिकाले नगर प्रहरी सेवामा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले प्रतियोगितात्मक परीक्षामार्फत नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी जवान गरी कुल १८ पदमा आवेदन माग गरेको हो ।

नगर कार्यपालिकाको निर्णय अनुसार नगर प्रहरी सहायक निरीक्षक तर्फ चार जना र नगर प्रहरी जवानतर्फ १४ जनाका लागि दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ ।

इच्छुक उम्मेदवारले २०८३ असोज १२ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन पोखरा महानगरपालिकाको कार्यालयमा रहेको दरखास्त संकलन केन्द्रमा बुझाउनु पर्नेछ ।

दरखास्त फाराम महानगरपालिकाको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहित आवश्यक कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया