सोलुखुम्बुको खुम्बुमा यस सिजनकै पहिलो हिमपात, जनजीवन प्रभावित

सोलुखुम्बुको खुम्बुमा यस सिजनकै पहिलो हिमपात, जनजीवन प्रभावित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 475
    Shares

snow in solukhumbu

सोलुखुम्बु, ९ असोज २०८३ –

सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाको माथिल्लो क्षेत्रमा पर्ने थुक्ला, गोक्यो लगायत उच्च हिमाली भेगमा हिमपात हुन थालेपछि चिसो समेत ह्वात्तै बढेको छ।

गत केही दिनदेखिको मौसमी परिवर्तनसँगै नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको स्थानीयले बताएका छन्। लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्य बनेको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका-४ का अध्यक्षका अनुसार यसअघि असोजमै भएको भारी हिमपातले खुम्बुको माथिल्लो क्षेत्रमा छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो। अहिले पनि उच्च क्षेत्रमा हिमपात जारी रहँदा स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित हुने गरेका छन्।

हिमपातसँगै चिसो बढेपछि खुम्बु क्षेत्रमा न्यूनतम तापक्रम माइनसमा झरेको छ। अघिल्ला वर्षहरूमा चिसोका कारण खुम्बुमा तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुग्ने गरेको थियो। 

पर्यटकलाई सतर्कता अपनाउन आग्रह

उच्च क्षेत्रमा भ्रमण तथा पदयात्रामा रहेका पर्यटकलाई मौसममा आएको परिवर्तनप्रति सतर्क रहन आग्रह गरिएको छ। सगरमाथा क्षेत्रमा बाक्लो हिमपात र वर्षा हुँदा करिब तीन हजार पर्यटक होटलभित्रै बस्नुपर्ने अवस्था समेत आउने गरेको छ।

स्थानीय प्रशासन र पर्यटन व्यवसायीले आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न र मौसम प्रतिकूल भए सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्। चिसो बढेसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल घट्ने र खुम्बु क्षेत्र सुनसान बन्दै जाने गरेको छ। 

तस्विर: डिक कुमार घताने / सुनौलो नेपाल

प्रतिक्रिया