स्याङ्जामा जन्ती बोकेको जिप दुर्घटना: एकजनाको मृत्यु, १० घाइते

स्याङ्जामा जन्ती बोकेको जिप दुर्घटना: एकजनाको मृत्यु, १० घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 475
    Shares

synagja jeep accident , synagja jeep accident , स्याङ्जामा जन्ती बोकेको जिप दुर्घटना स्याङ्जामा जन्ती बोकेको जिप दुर्घटना

स्याङ्जा, ९ असोज २०८३ ।

स्याङ्जाको भिरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

भिरकोट नगरपालिका–३ बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ फर्किँदै गरेको ग १ ज ७६१० नम्बरको जिप बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने चालकसहित १० जना घाइते छन्।

स्टेरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेको उक्त जिप दुर्घटनामा गम्भीर घाइते भएका पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङको भिरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानाकारी दिए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार , घाइतेहरूको भिरकोट नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ र अन्य रहेका छन्।

यस्तै बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, सोही ठाउँका ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, भिरकोट–२ दहथुममा बस्दै आएकी ४३ वर्षीया रसमाया गुरुङ तथा भिरकोट–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ घाइते भएका छन्। रसमायाको अवस्था सामान्य छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ। ।

दुर्घटनापछि भिरकोट नगरपालिका–२ का बासिन्दा जिपका ५० वर्षीय चालक खेमप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हेर्नुस घाइतेहरुको विवरण

१)जिल्ला कास्की पोखरा म.न.पा.०८ बस्ने बर्ष ३२ की सारा गुरुङ टाउको,ढाड,दाहिने खुट्टामा चोट -अवस्था मध्यम ।

२)जिल्ला स्याङजा बिरुवा गा.पा.०२ बस्ने बर्ष ६३ को खड्क गुरुङ दाहिने खुट्टा र कुममा चोट -अवस्था मध्यम ।

३)जिल्ला स्याङजा पुतलीबजार न.पा.१२ बस्ने बर्ष ५१ को रुम बहादुर गुरुङ दाहिने खुट्टा, टाउकोमा चोट -अवस्था मध्यम ।

४)जिल्ला स्याङजा बिरुवा गा.पा.०२ बस्ने बर्ष ४९ की कृष्ण माया गुरुङ बाँया खुट्टा,दाहिने हात र ढाडमा चोट -अवस्था मध्यम ।

५)जिल्ला स्याङजा बिरुवा गा.पा.०७ बस्ने बर्ष ५५ की केश माया गुरुङ छातीमा भित्री चोट- अवस्था मध्यम ।

६)जिल्ला स्याङजा बिरुवा गा.पा.०२ बस्ने बर्ष ६० को यम बहादुर गुरुङ दाहिने हात,अनुहारमा चोट -अवस्था मध्यम ।

७) जिल्ला स्याङजा बिरुवा गा.पा.०२ बस्ने बर्ष ५३ को मन बहादुर गुरुङ टाउको,दाहिने हात र अनुहारमा चोट- अवस्था मध्यम ।

८) जिल्ला स्याङजा पुतलीबजार न.पा.१० बस्ने बर्ष ८० को पदम बहादुर गुरुङ छाती, दाहिने हातमा चोट -अवस्था मध्यम ।

९) जिल्ला नवलपरासी घर भई हाल भिरकोट न.पा.०२ बस्ने दहथुम बर्ष ४३ की रस माया गुरुङ -अवस्था सामान्य ।


१०) जिल्ला स्याङजा भिरकोट न.पा.०३ बजादी बस्न बर्ष ४९ की तेज कुमारी गुरुङ बाँया कोखामा चोट- अवस्था मध्यम । 

प्रतिक्रिया