साढे सात महिनादेखि बेपत्ता ललितपुरका बजगाईको कंकाल भेटिएपछि झापाबाट दुई जना पक्राउ

साढे सात महिनादेखि बेपत्ता ललितपुरका बजगाईको कंकाल भेटिएपछि झापाबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असोज २०८३
  • 589
    Shares

पोखरा, ८ असोज २०८३ ।

झन्डै साढे सात महिनादेखि बेपत्ता रहेका एक व्यक्तिको कंकाल भेटिएपछि झापाबाट दुई जना पक्राउ परेका छन्।

गएको पुस २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट हराएको भनिएका ललितपुर जिल्लाको साविक मानिखेल, हाल महाङ्काल गाउँपालिका–२ स्थायी ठेगाना भएका दिलनाथ बजगाईको मानव कंकाल मेचीनगर ७ भान्सा खोला (गेरी गाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको बंगुर फार्मभित्र भेटिएपछि दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–१० बस्ने ४५ वर्षीय राम भनिने गुमबहादुर सिंह र भारतको जिल्ला आलिपुरद्वार, विरपारा घर भई हाल मेचीनगर नगरपालिका–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीक्नीका अनुसार , दिलनाथ बजगाई गत २०८२ पुस २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट हराएको भन्दै उनकी श्रीमती तुलसा बुढा बजगाईले प्रहरीमा निवेदन दिएकी थिइन्।

निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले दिलनाथ बजगाईसँगै हिँड्ने गरेका साथी शंकरराम भनिने गुमबहादुर सिंहसम्बन्धी जानकारी प्राप्त गरेको थियो। सोधपुछका क्रममा उनले मेचीनगर नगरपालिका–७ भान्सा खोला (गेरी गाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको आफ्नो बंगुर फार्मभित्र कंका ल रहेको स्थानबारे जानकारी दिएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरी टोलीले स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसमेतको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन गर्दा मानव आकृतिको कंका ल फेला पारेको हो। बरामद कंका ल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रादेशिक अस्पताल भद्रपुरमा शव परीक्षणपछि कंकालको नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया भइरहेको छ। कंका ल दिलनाथ बजगाईकै हो वा होइन भन्ने विषय डीएनए परीक्षणपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। प क्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–१० बस्ने ४५ वर्षीय राम भनिने गुमबहादुर सिंह र भारतको जिल्ला आलिपुरद्वार, विरपारा घर भई हाल मेचीनगर नगरपालिका–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया