पाल्पामा श्रीमानको कुटपिटबाट घाइते महिलाको मृत्यु

पाल्पामा श्रीमानको कुटपिटबाट घाइते महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असोज २०८३
  • 494
    Shares

पाल्पा, ५ असोज २०८३।

पाल्पामा श्रीमानको कुटपिटबाट घाइते महिलाको मृत्यु भएको छ।

पाल्पाको रामपुर नगरपालिका–६ तिलकपुरमा श्रीमानको कुटपिटबाट घाइते भएकी २८ वर्षीया दिलमाया कुमाल घर्तीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तीजको अघिल्लो दिन भदौ २८ गते ३६ वर्षीय श्रीमान केशरबहादुर घर्तीले कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। घाइते दिलमायाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेकोमा गएको शनिबार मृत्यु भएको हो।

घटनामा संलग्न भएको आरोपमा श्रीमान केशरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया