काठमाण्डौको त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी : चालक गम्भीर घाइते

काठमाण्डौको त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी : चालक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असोज २०८३
  • 665
    Shares

काठमाडौं, ५ असोज २०८३ ।

काठमाडौंको त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको यात्रुवाहक बसमा आगलागी भएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी भएको हो। आगलागीपछि बसबाट ठूलो धुवाँको मुस्लो निस्किएको देखिएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अन्य मानवीय क्षति यकिन भइसकेको छैन ।

घटना भएपछि आसपासका क्षेत्रमा केही समय त्रासको अवस्था सिर्जना भएको थियो। आगलागी नियन्त्रणका लागि दमकल तथा सुरक्षाकर्मी परिचालन गरिएको/बताइएको छ।

त्यस्तै, बसमा सवार यात्रुको अवस्था, आगलागीको कारण र घटनाबाट भएको भौतिक क्षतिबारे पनि विस्तृत विवरण आउन बाँकी छ।

घटनाबारे प्रहरीले अनुसन्धान तथा आवश्यक विवरण संकलन गरिरहेको जनाइएको छ। आगलागीको कारण र क्षतिको यकिन विवरण सम्बन्धित निकायबाट आधिकारिक जानकारी आएपछि थप स्पष्ट हुनेछ।

प्रतिक्रिया