कास्कीको अन्नपूर्ण-३ धारापानीबाट ब्राउन सुगरलगायतका लागूऔषधसहित दुई जना पक्राउ

कास्कीको अन्नपूर्ण-३ धारापानीबाट ब्राउन सुगरलगायतका लागूऔषधसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असोज २०८३
  • 627
    Shares

पोखरा, ५ असोज २०८३ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ धारापानीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गएको शुक्रबार साँझ पौने सात बजे पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ धारापानी बस्ने वर्ष २७ का सन्देश परियार र सोही ठाउँ बस्ने वर्ष २४ का ईच्छे चुँदारो रहेका छन्। शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूको शरीर रीतपूर्वक खानतलासी गर्दा लुकाइछिपाई ल्याएको अवस्थामा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन (ब्राउन सुगर) १.४० ग्राम (प्लाष्टिक बाहेक), टपेन्टाडोल ११० चक्की, डाइजापाम ९७ एम्पुल र १ थान मोबाइल बरामद भएको छ।

पक्राउ परेका दुवै जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा सातदिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया