पोखरा, ४ असोज २०८३ ।
उदयपुरमा गएराती श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँका अन्दाजी ५८ वर्षीय गन्दु राम राईले आफ्नै श्रीमती अन्दाजी ४५ वर्षीया बिमला राईलाई सिकलले घाँटीमा हानेर हत्या गरेपश्चात प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएकोमा प्रहरीले उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याएकोमा बिमलाको उपचारका क्रममा राती नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि गन्दु राम राई आफैं अस्थायी प्रहरी पोस्ट माडिबासमा पुगेर आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।