जनकपुरमा गएराती घरमा आगलागी हुँदा ७० वर्षीय पूर्वशिक्षकको मृत्यु

जनकपुरमा गएराती घरमा आगलागी हुँदा ७० वर्षीय पूर्वशिक्षकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असोज २०८३
  • 551
    Shares

जनकपुरधाम, ४ असोज २०८३ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित एक घरमा राति आगलागी हुँदा ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी नगरपालिका–२ निवासी अवकाशप्राप्त शिक्षक किशोरी सहनी रहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार राति परिवारका सबै सदस्य सुतिरहेको अवस्थामा घरमा अचानक आगलागी भएको थियो। आगलागी भएपछि परिवारका अन्य सदस्य भने घरबाट बाहिर निस्कन सफल भएका थिए।

सहनी पनि आगलागीबाट जोगिन घरबाट बाहिर निस्कने क्रममा लडेर आगोमा परेको हुनसक्ने स्थानीयको अनुमान छ। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

प्रहरीका प्रारम्भिक विवरणअनुसार आगलागी विद्युत् सर्ट भएर भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबाट भएको भौतिक क्षतिको विवरण तथा आगलागीको यकिन कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया