बाराको होटलमा चक्कु प्रहारबाट युवकको मृत्यु

बाराको होटलमा चक्कु प्रहारबाट युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असोज २०८३
  • 931
    Shares

पोखरा, ४ असोज २०८३ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

शनिबार साँझ करिब ५ बजे होटलमा खाजा खान आएका दुई समूहबीच विवाद भएपछि भएको झडपमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार विवादका क्रममा होटलको भान्सामा रहेको धारिलो चक्कु प्रयोग गरी खड्काको घाँटीमा प्रहार गरिएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न व्यक्ति घटनापछि फरार रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले जानकारी दिए।

प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ। विवाद सुरु हुनुको कारण, घटनामा कति जना संलग्न थिए र चक्कु प्रहार गर्ने व्यक्ति को हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए।

घटनास्थलको अवस्था तथा उपलब्ध प्रमाणका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।३ . . ……………………….

प्रतिक्रिया