जेन जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका लमजुङका थापा एक वर्षपछि ललितपुरबाट फेरि पक्राउ

जेन जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका लमजुङका थापा एक वर्षपछि ललितपुरबाट फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असोज २०८३
  • 608
    Shares

काठमाडौँ, १ असोज २०८३।

जेन जी आन्दोलनका क्रममा एक वर्ष अघि केन्द्रीय कारागार, सुन्धाराबाट भागेका एक कैदी ललितपुरबाट पक्राउ परेका छन्।

जेन जी आन्दोलनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट भागेका लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लमजुङ, बेँसीशहर नगरपालिका-३ बस्ने ४७ वर्षीय विक्रमबहादुर थापा ललितपुर महानगरपालिका-२५ भैंसेपाटीबाट फेरि पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , थापालाई सम्मानित जिल्ला अदालत काठमाडौंले लागूऔषध मुद्दामा तीनवर्ष ६ महिना कैद, रु. एकलाख ६० हजार जरिवाना तथा पीडित राहत कोषमा रु. ६ हजार चारसय दाखिला गर्नुपर्ने फैसला गरेको थियो। अदालतको सोही फैसला बमोजिम उनले एकवर्ष सातमहिना कैद भुक्तान गरिसकेका छन् भने अझै एकवर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेको छ।

यस्तै, सम्मानित जिल्ला अदालत चितवनबाट समेत उनलाई दुईवर्ष कैद र रु.एकलाख जरिवाना हुने फैसला भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया