पोखरा , ३१ भदौ २०८३ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन्।
धनगढीकै एक विवाहित महिलाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान विशाल चौधरीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ। घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको र अनुसन्धानपछि कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।