पोखराबाट लागू औषध ब्राउनसुगरसहित तनहुँका युवा पक्राउ

पोखराबाट लागू औषध ब्राउनसुगरसहित तनहुँका युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ भाद्र २०८३
  • 1.2K
    Shares

पोखरा ,  ३१ भदौ २०८३ ।

पोखराबाट अबैध लागू औषध ब्राउनसुगर सहित एक युवा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६:१० बजे पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजारमा चेकजाँच गर्ने क्रममा अबैध लागू औषध ब्राउनसुगर सहित एक युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. २ जामुने बस्ने वर्ष ३० का पदम थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ , अभियुक्त थापाको साथबाट लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) १.६४ ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका थापालाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया