तनहुँ, ३१ भदौ २०८३ ।
अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतका १३ घरमा बाढी पसेको छ।
बुधबार राति करिब २ बजे ताकुडाँडाको खोल्सीमा पानीको बहाव एक्कासि बढेपछि बस्तीमा बाढी पसेको हो। बाढी घरभित्र पस्दा लत्ताकपडा, अन्नपात र घरायसी सामानमा क्षति पुगेको स्थानीयले बताएका छन्।
घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा समन्वय गरेको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। हाल पानीको सतह घटिसकेको र जनजीवन सामान्य बन्दै गएको उनले जानकारी दिए।
क्षति भएका घरहरू :
बाढीबाट कुलप्रसाद पन्थीको दुईतले पक्की, मिना सुवेदीको दुईतले पक्की र हर्कबहादुर पुनको एकतले पक्की घरसहित १० वटा एकतले कच्ची घरमा पानी पसेको हो।
प्रभावित अन्य घरहरूमा टिका पुन, तिलकुमारी पुन, खिलबहादुर पुन, कलिमाया पन्थी, नममाया तिलिजा पुन, शंकर विक, नरबहादुर विक, लुककुमारी पुन, दुरुपती पौडेल र खेमबहादुर विकको घर रहेका छन्।
प्रभावित घरहरू
प्रहरीका अनुसार बाढीबाट प्रभावित १३ घरमध्ये ३ वटा पक्की र १० वटा कच्ची घर रहेका छन्।
- कुलप्रसाद पन्थी (४५ वर्ष) – दुईतले पक्की घर
- मिना सुवेदी (३७ वर्ष) – दुईतले पक्की घर
- हर्कबहादुर पुन (६८ वर्ष) – एकतले पक्की घर
- टिका पुन (२७ वर्ष) – एकतले कच्ची घर
- तिलकुमारी पुन (७२ वर्ष) – एकतले कच्ची घर
- खिलबहादुर पुन (५० वर्ष) – एकतले कच्ची घर
- कलिमाया पन्थी (८७ वर्ष) – एकतले कच्ची घर
- नममाया तिलिजा पुन (५० वर्ष) – एकतले कच्ची घर
- शंकर विक (५० वर्ष) – एकतले कच्ची घर
- नरबहादुर विक (६० वर्ष) – एकतले कच्ची घर
- लुककुमारी पुन (४० वर्ष) – एकतले कच्ची घर
- दुरुपती पौडेल (७५ वर्ष) – एकतले कच्ची घर
- खेमबहादुर विक (४५ वर्ष) – एकतले कच्ची घर