पोखरा, २८ भदौ२०८३।
पोखरा महानगरपालिका–२५ नेलबोटस्थित हेम्जा–ल्वाङ गाउँ सडकखण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति करिब ९ः३० बजे माथिबाट ढुंगा–माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरोका कारण सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ। घटनाको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट हेम्जाबाट प्रहरी सहायक निरीक्षक विष्णुकुमार मानन्धरको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध रहेको जानकारी गराएको छ। सडक खुलाउन आवश्यक पहल तथा समन्वय भइरहेको प्रहरीले जनाएको छ।
File