पोखरामा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

पोखरामा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ भाद्र २०८३
  • 836
    Shares

पोखरा, २७ भदौ २०८३

पोखरामा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–५ मालेपाटनमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर मालेपाटनस्थित विद्युत् वितरण केन्द्रमा ज्यालादारीमा काम गर्दै आएका ३४ वर्षीय सन्तोष केसीको मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे मालेपाटनमा बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याएको थियो। उनको सोही अस्पतालामा उपचार हुँदा हुँदै चिकित्सकले साँझ ५ः५४ बजे मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।

घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धान पूरा गरी शव परीक्षणका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल लगेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया