रामेछापमा बोलेरो दुर्घटना हुँदा भाईको मृत्यु, दाई घाइते

रामेछापमा बोलेरो दुर्घटना हुँदा भाईको मृत्यु, दाई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ भाद्र २०८३
  • 627
    Shares

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ स्थित बिटारपार्क नजिकै शुक्रबार साँझ बोलेरो गाडी दुर्घटना हुँदा भाईको मृत्यु भएको छ भने चालक समेत रहेका दाई घाइते भएका छन् ।

मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटा योद्धा बोलेरो भित्री सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा भाईको मृत्यु भएको हो भने चालक समेत रहेका दाई घाइते भएका छन् ।

.

उक्त दुर्घटनामा गम्भीर घाइते भएका दोलखाको भीमेश्वर नगरपालिका–३ का २८ वर्षीय सन्जित तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा चिकित्सकले शुक्रबार राति ९ बजेर ३ मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।

प्रहरीका अनुसार, मृतक सन्जित तामाङका दाई समेत रहेका बोलेरो चालक ३० वर्षीय प्रदीप लामा घाइते भएका छन्। उनको मन्थली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले दुर्घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको वास्तविक कारण, सवारीको अवस्था र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिक्रिया