पिँजडाबाट फुत्किएको चितुवाको आक्रमणमा वनरक्षक घाइते, लमजुङ सदरमुकाम बेंशीशहरमा त्रास

पिँजडाबाट फुत्किएको चितुवाको आक्रमणमा वनरक्षक घाइते, लमजुङ सदरमुकाम बेंशीशहरमा त्रास


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ भाद्र २०८३
  • 969
    Shares

लमजुङ, २५ भदौ २०८३।

उद्धार गरी डिभिजन वन कार्यालय बेंशीशहर परिसरमा ल्याइएको चितुवा पिँजडाबाट फुत्किएर आक्रमण गर्दा एक वनरक्षक घाइते भएका छन्। चितुवा फुत्किएपछि बेंशीशहर बजार क्षेत्रमा त्रास फैलिएको छ।

चितुवाको आक्रमणबाट डिभिजन वन कार्यालयमा कार्यरत ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका हुन्। उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। गुरुङको प्रदेश अस्पताल बेंशीशहरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बेंशीशहर नगरपालिका–११ चितीस्थित तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो अशक्त अवस्थामा चितुवा भेटिएको थियो। स्थानीयले चितुवा देखेपछि वडाध्यक्ष शिवप्रसाद जोशीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी, स्थानीयवासी र वन कर्मचारीको टोली घटनास्थलमा पुगेर चितुवाको उद्धार गरेको थियो। उद्धारपछि चितुवालाई अपराह्न डिभिजन वन कार्यालय बेंशीशहर ल्याइएको थियो।

डिभिजनल वन अधिकृत शिव श्रेष्ठका अनुसार चितुवा बिरामी वा अशक्त अवस्थामा भेटिएको थियो। त्यसलाई थप उपचार तथा उद्धारका लागि कास्कीको पचभैयास्थित रेस्क्यु सेन्टर लैजाने तयारी गरिएको थियो।

प्रतिक्रिया