जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण : ए–१० सहित नौ सैन्य विमानमा क्षति

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण : ए–१० सहित नौ सैन्य विमानमा क्षति


  • रोयटर्स
  • बिहिबार, २५ भाद्र २०८३
  • 741
    Shares

काठमाडौं, २५ भदौ २०८३।

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा राति भएको आक्रमणमा कैयौँ अमेरिकी सैन्य विमानमा क्षति पुगेको छ।

रोयटर्सका अनुसार जोर्डनको मुवाफ्फाक साल्ती एयर बेसमा भएको आक्रमणमा अमेरिकी वायुसेनाका कम्तीमा नौवटा विमान प्रभावित भएका छन्। अमेरिकी सञ्चारमाध्यम सीबीएसकी रिपोर्टर जेनिफर जेकब्सले सामाजिक सञ्जालमार्फत दिएको जानकारी उद्धृत गर्दै रोयटर्सले यस्तो जनाएको हो।

आक्रमणका क्रममा एउटा अमेरिकी ए–१० थन्डरबोल्ट (वर्थोग) विमानमा ठूलो क्षति पुगेको छ। उक्त विमानको एउटा पखेटा नै क्षतिग्रस्त भएको जनाइएको छ।

यस्तै, करिब आठवटा एफ–१५ लडाकु विमानमा सामान्य क्षति पुगेको बताइएको छ। ती विमानलाई मर्मतपछि पुनः सेवामा फर्काइएको सीबीएस रिपोर्टर जेकब्सले उल्लेख गरेकी छन्।

मुवाफ्फाक साल्ती एयर बेस जोर्डनमा रहेको महत्वपूर्ण अमेरिकी सैन्य आधारमध्ये एक हो। पछिल्लो आक्रमणले मध्यपूर्वमा तैनाथ अमेरिकी सैन्य संरचना र सम्पत्तिमाथि रहेको जोखिमलाई थप उजागर गरेको छ।

आक्रमणमा मानवीय क्षति भए–नभएको तथा विमानमा भएको क्षतिको पूर्ण विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया