पोखरा, २५ भदौ २०८३।
कैलालीमा आफूलाई वन अधिकृत भन्दै ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।
कैलारी गाउँपालिका–४ का चौधरीलाई धनगढी उपमहानगरपालिका–१ स्थित डिभिजन वन कार्यालय कैलाली जाने सडकबाट प्रहरीले कैलालीको कैलारी गाउँपालिका–४ का २५ वर्षीय दिपेश चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा पारी उनका परिवार तथा आफन्तलाई वन कार्यालयमा करारमा जागिर लगाइदिने प्रलोभन देखाएर रकम ठगी गरेका थिए। आफू वन अधिकृत भएको देखाउन उनले नक्कली परिचयपत्र र नियुक्तिपत्रसमेत बनाएको खुलेको छ।
चौधरीविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।