पोखरा, २५ भदौ २०८३।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमानमा ड्रोन आक्रमणको प्रयास भएको छ।
नर्वे जाने क्रममा मोल्डोभा पुगेका जेलेन्स्की सवार विमानमा रुसी ड्रोन आक्रमण भएको तर उक्त रुसी ड्रोनले जेलेन्स्की सवार विमानमा नलागेको प्राप्त समाचारमा जनाइएको छ।
नर्वे जाने क्रममा मोल्डोभाले ड्रोन जोखिमका कारण केही समय हवाई क्षेत्र बन्द गरेपछि जेलेन्स्कीको विमान उडानमा ढिलाइ भएको थियो। मोल्डोभामा रुसी ड्रोन खसेपछि मात्रै विमानलाई उडान अनुमति दिइएको जनाइएको छ। यसरी जोखिमबाट बालबाल जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले बताएका छन्।
तर, जेलेन्स्कीको विमानलाई खतरा पुर्याउने ड्रोन यही थियो वा अर्कै भन्ने स्पष्ट छैन। युक्रेनी पक्षले घटनाबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन।