पोखरा, २५ भदौ २०८३।
पोखरा । लागूऔषध ब्राउनसुगर (खैरो हेरोइन) सहित पोखराबाट एक जना पक्राउ परेका छन्।
गूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पोखराको पृथ्वीचोकबाट अबैध लागूऔषध ब्राउनसुगर (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ बेनिघाट गाउँपालिका–३ मलेखुका ३७ वर्षीय किसान भन्ने दल बहादुर ठकुरी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीले अभियुक्त ठकुरीको साथबाट १४.२८ ग्राम ब्राउनसुगर (खैरो हेरोइन) तथा नगद ३० हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरिएको दाबी गरेको छ।
पक्राउ परेका ठकुरीलाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।