हर्मुजमा अमेरिकाको सबैभन्दा आधुनिक पनडुब्बी कब्जामा लिएको इरानको दाबी

हर्मुजमा अमेरिकाको सबैभन्दा आधुनिक पनडुब्बी कब्जामा लिएको इरानको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०८३
  • 817
    Shares

पोखरा , २४ भदौ २०८३।

इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ।

अमेरिकी सेनाको सबैभन्दा आधुनिक र ‘इन्टेलिजेन्ट अनम्यान्ड पनडुब्बी’मध्ये एक मानिएको उक्त सबमरिन नामको उक्त पनडुब्बीलाई इरानको रिभोलुसनरी गार्ड्सले हर्मुज जलमार्गको प्रवेशद्वार नजिकैबाट नियन्त्रणमा लिएको हो।

इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले लेखेको समाचारमा पनडुब्बी कहिले र कसरी नियन्त्रणमा लिइयो भन्ने विषयमा विस्तृत विवरण भने दिएको छैन। साथै यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

इरान र अमेरिकाबिच फेरि द्वन्द्व बढिरहेका बेला यो समाचार आएको हो। केही दिनअघि मात्र इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्ने बताएको थियो।

प्रतिक्रिया