फेवातालपारिको रानीवन जंगलमा अलपत्र परेका दुई बालकको उद्धार

फेवातालपारिको रानीवन जंगलमा अलपत्र परेका दुई बालकको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० भाद्र २०८३
  • 969
    Shares

rescue from raninban 1, रनिवाबनमा अलपत्र बालकको उद्धार

पोखरा, २०  भदौ २०८३ ।

पोखराको फेवातालपारि रहेको रानीवनको जंगलमा बाटो बिराएर अलपत्र परेका दुई बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। सकुशल उद्धार गरिएका बालकहरूमा पोखरा महानगरपालिका–१७, बिरौटा निवासी १६ वर्षीय दिप दर्शन खाण र १७ वर्षीय सुगम शाही ठकुरी रहेका छन्।

प्रहरीका अनुसार , उनीहरु बुधबार साँझ करिब ७ः१० बजे ‘इभिनिङ वाक’का लागि रानीवन पुगेकोमा जंगलमा बाटो बिराएपछि अलपत्र परेको थिए। दुई बालक रानीवन जंगलमा अलपत्र परेको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले करीन सवा एक घण्टा पछि साँझ करिब ८ः२० बजे उनीहरु दुवै जनालाई रानीवन जंगलबाट सकुशल फेला पारि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया