बाह्र सय मेगावाटको हाइड्रो बनाउन नेपाल र चाइना गेजुवाबीच सम्झौता

बाह्र सय मेगावाटको हाइड्रो बनाउन नेपाल र चाइना गेजुवाबीच सम्झौता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 11.1K
    Shares

काठमाडौं, २१ जेठ । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसी प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढी गण्डकी आयोजना धेरै महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीयढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गर्नु भयो ।

सो अवसरमा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो ।यही जेठ ९ गतेको मन्त्री परिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया