हिजो उच्च दरमा कीर्तिमानी मूल्य पुर्याएको सुनको भाउ आज घट्यो

हिजो उच्च दरमा कीर्तिमानी मूल्य पुर्याएको सुनको भाउ आज घट्यो

  • जन संचार
  • बिहिबार, २३ चैत्र २०७९
  • 14.3K
    Shares

हिजो उच्च दरमा कीर्तिमानी मूल्य पुर्याएको सुनको भाउ आज घट्यो

बुधबार नयाँ कीर्तिमान कायम गर्न सफल भएको सुनको मूल्य बिहीबार (आज) भने घटेको छ ।

हिजो एकैदिन प्रतितोला दुई हजार रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख ११ हजार रुपैयाँ पुग्यो ।

बिहीबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज हिजोभन्दा ८ सय रुपैयाँ घटेर छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयामा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया