काठमाडौं मेयर बालेन शाहको हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णय विरुद्द हलवालाहरू पुगे अदालत

काठमाडौं मेयर बालेन शाहको हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णय विरुद्द हलवालाहरू पुगे अदालत

  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ असार २०८०
  • 4.8K
    Shares

काठमाडौं मेयर बालेन शाहको हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णय विरुद्द हलवालाहरू पुगे अदालत

हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् । उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया