हप्ताको पहिलो दिन आज,घट्यो सुनको मूल्य

हप्ताको पहिलो दिन आज,घट्यो सुनको मूल्य


  • जन संचार
  • आइतबार, १२ चैत्र २०७९
  • 5.2K
    Shares

घट्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय कायम भएको छ । शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सयमा छापावाल र एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको प्रतितोला मूल्य १ हजा ३७० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तकिएको थियो ।सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

प्रतिक्रिया