सल्यान,जेठ २१ गते ।
ढोडचौर सिद्धेस्वरी फलाटेका ४८ बर्षिय कुलराज रेउलेको दैनिक आफ्नो बारीको तरकारी स्यार र वजारमा लिएर वेच्नमै वित्छ । ६ वर्ष पहिले परिवार पाल्न धौ धौ भएर कालापहाड जाने उहाँ अहिले तरकारी वेचेर वार्षिक १० लाख आम्दानी गर्दे आऊनु भएको छ । उहाले भन्नु भयोे– यहाँ कुनै काम थिएन ,गरिबीका कारण भारतका बिभिन्न ठाउमा मजदुरी गर्न नगई सुक्कै थिएन ।
११ रोपनी खेत र ११ पाखो गरि २२ रोपनी जग्गामा तरकारी खेती गरेका गरिएको छ । वारीमा बन्दा ,गोलभेडा,भान्टा ,खुर्सानी ,भेडेखुर्सानी,सिमी, प्याज लगायतका विभिन्न जातका तरकारी खेति गरिएको छ उहाले भन्नु भयो घरमै वसेर पनि राम्रै कमाई भएको छ । तरकारी खेती शुरु गरेपछि मलाई विदेश गाउँमै भएको छ ।
अदुवा बिक्रि गरेर मात्रै गत बर्ष २ लाख ८५ हजार, प्याजका वेर्ना वेचेर ३ लाख, तरकारी , ४ लाख आम्दानी गर्नु भएको थियो । यो वर्ष मौसमी वेमौसमी तरकारी खेति गरेको छु रेऊले ले भन्नु भयो अहिले तरकारी खेती राम्रो फस्टाएको छ,माटो, हावापानी पनि उपयुक्त रहेको छ ।
तरकारी बेचेर कमाएको पैसाले आठ जनाको परिवार सहित बहिनी ज्वाई समेतको खर्च समेत टरेको छ । छोराछोरी र दुई भाइृलाई नेपालगन्जका निजि बिद्यालयमा पढाउदै आएको छु रेऊले भन्नु भयो गाउको सहकारी सस्थामा मासिक बचत गर्दै आएका छु । गाउ नजिकै ४ लाख बराबरको ३ रोपनी जग्गा किने । पुरानो घरमा कर्कटपाता ले छाना हालेको छु ।
तरकारी खेतीमा रेउलेलाई श्रीमती लगायत बहिनी ज्वाइृले सघाउदै आएका छन । तरकारी खेतिबाट कमाएको पैसाले उन्नतजातको दुई भैसि खरिद गरेर ल्याएर पालेका छन् ।
काला पहाड(भारत) जादा र आउदा कमाई गरेको पैसाले खान ठिक्क हुन्थ्यो । धेरै बर्ष पुग्दा सम्म साहुबाट लिएको ऋण तिर्न सकेको थिइृन । यसमा लागेपछि पहिलो बर्षमै ऋण तिरे रेउलेले भने ६ बर्षको अबधीमा झन्डै ४० लाख जति कमाई गरे । उहाले भन्नु भयो– कमाएको रकम खान लाउन भन्दा छोराछारी र दुई भाईलाई पढाउन र जग्गा खरिदमा खर्च भएको छ ।
बिगतमा घरबस्दा काम नपाई छटपटी हुन्थ्यो । हिजोआज एक छिन फुर्सद हुदैन । अहिले घरका सबैलाई रोजगारी मिलेको छ । जति धेरै मेहनत गर्न सके त्यत्तिकै बढि तरकारीबाट कमाई हुने रेऊलेको भनाई छ ।
भारतमा १५ बर्ष काम गर्दा तरकारी खेती गरेको देखेकाले गाउँमै फकिएर तरकारी खेती गरेको रेऊले वताऊनु भयो । उहाले भन्नु भयो अहिले गाउँ र शहरको दुरी कम भएको छ । मेहनत गरे पैसा कमाऊन विदेश जानु पदैन । यहाँ नै धेरै सम्भावना रहेको छ ।