लमजुङमा ७५ वर्षीया दलित बृद्धाको घरभित्रै हत्या

लमजुङमा ७५ वर्षीया दलित बृद्धाको घरभित्रै हत्या

  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ साउन २०८३
  • 855
    Shares

lamajung rainas murder

काठमाडौँ, २५ साउन २०८३।

लमजुङमा ७५ वर्षीया एक दलित बृद्धाको घरभित्रै हत्या भएको छ।

लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै हत्या गरिएको हो।

शनिबार राति आफ्नै घरको कोठामा रहेको खाटमुनि हत्या गरेको अवस्थामा भेटिएकी काली सार्कीको घाँटी रेटिएको देखिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार , सार्की घरमा एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको थियो भने छोरी विवाह गरेर गएपछि उनी एक्लै बस्दै आएकी थिइन्। प्रहरीले घटना शंकास्पद देखिएको भन्दै हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। मगर करिब दुई वर्षदेखि सोही घरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार केही दिनअघि कामको खोजीमा मनाङ गएका मगर शनिबार घर फर्किएपछि सार्कीलाई मृत अवस्थामा देखेका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।

घटना गम्भीर र शंकास्पद देखिएपछि प्रहरीले सातदेखि आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाको कारण तथा हत्यामा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि सदरमुकाम बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ पठाएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।

लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत अवस्थामा फेला परेकी छन्।

शनिबार राति आफ्नै घरको कोठामा रहेको खाटमुनि उनको शव फेला परेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा सार्कीको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ।

सार्की घरमा एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको थियो भने छोरी विवाह गरेर गएपछि उनी एक्लै बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति करिब ९ बजे घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो।

प्रहरीले घटना शंकास्पद देखिएको भन्दै हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया