लमजुङमा बलेरो जिप दुर्घटना : सात यात्री घाइते

लमजुङमा बलेरो जिप दुर्घटना : सात यात्री घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २३ साउन २०८३
  • 893
    Shares

लमजुङ, २३ साउन २०८३।

लमजुङको बेँसीसहर नगरपालिका–३ दनैगाउँस्थित रानीकुवा–गाउँशहरस्थित भित्री पक्की सडकखण्डमा बलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

रानीकुवाबाट गाउँसहरतर्फ जाँदै गरेको ग १ ज ००५१ नम्बरको बलेरो जिप शनिबार दिउँसो अनियन्त्रित भई सडकको साइडमा पल्टिएर दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका हुन्।

प्रहरीका अनुसार , दुर्घटनामा बेँसीसहर नगरपालिका–३ गाउँसहरका ४० वर्षीय काजीराम हिमालीको बायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। यस्तै, सोही स्थानका ४० वर्षीया मैया दुलाल, ६१ वर्षीया राधिका घर्ती, ५० वर्षीया मैया मालुवा, ५७ वर्षीय सन्तबहादुर सार्की, ७० वर्षीया सन्तमाया नेपाली र ४५ वर्षीया रिता मगर सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको हात तथा कानमा चोट लागेको छ।

जिपमा चालकसहित आठ जना सवार थिए। चालक बेँसीसहर नगरपालिका–३ का ४० वर्षीय निर्मल देउजा भने सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया