८९ वर्षीया एक वृद्धाको सुनको रिङ लुटपाट गरेर भाग्दै गरेका युवक बागलुङमा पक्राउ

८९ वर्षीया एक वृद्धाको सुनको रिङ लुटपाट गरेर भाग्दै गरेका युवक बागलुङमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ साउन २०८३
  • 1.3K
    Shares

बागलुङ, २२ साउन २०८३

बागलुङको वरेङ गाउँपालिका–३ बाटाकाचौर मजुवामा ८९ वर्षीया एक वृद्धाको सुनको रिङ लुटपाट गरेर भाग्दै गरेका एक युवक पक्राउ परेका छन्। पक्राउ परेका युवक बागलुङको वरेङ गाउँपालिका–३ निवासी १९ वर्षीय सन्दीप रुचाल रहेका छन्।

प्रहरीका अनुसार, अभियुक्त रुचालले गएको बिहिबार बिहान करिब ११ बजे घरको आँगनमा बसिरहेकी ८९ वर्षीया मैसरी काउचालाई डर, धाकधम्की दिई बायाँ कानमा लगाएको करिब ४.३८ ग्राम तौलको सुनको रिङ लुटेर फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय बरेङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

पक्राउ परेका रुचालविरुद्ध बागलुङ जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया