धराैटीमा छाडिएका अभिषेक विराटनगर पुग्नेबित्तिकै फेरि समातिए

  • जन संचार
  • शुक्रबार, २२ साउन २०८३
  • 988
    Shares

पोखरा, २२ साउन २०८३

आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका अभिषेक गिरी विराटनगर विमानस्थलबाट पुनः पक्राउ परेका छन्।

काठमाडौँबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७:०५ बजे विराटनगर ओर्लिएका उनलाई विमानस्थल परिसरबाटै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो।

​गिरीलाई पक्राउ गर्न प्रहरी टोली पहिले नै विमानस्थल पुगिसकेको थियो। उनीविरुद्ध अदालतबाट पूर्वस्वीकृति (पक्राउ पुर्जी) लिइसकेकाले सोही आधारमा नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

उनका अनुसार गिरीमाथि अब आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइने छ। एसपी कटुवालले पाच कराेड बढीको आपराधिक लाभ लिएको उजुरी प्रहरीलाई आएको जानकारी दिए।

यस अघि उनले काठमाण्डौ जिल्ला अदालतले तोकेको पाँच लाख रुपियाँ धराैटी राखेर छुटे लगत्तै जहाज चढेर बिराटनगर पुगेका थिए।

आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका अभिषेक गिरी विराटनगर विमानस्थलबाट पुनः पक्राउ परेका छन्।

काठमाडौँबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७:०५ बजे विराटनगर ओर्लिएका उनलाई विमानस्थल परिसरबाटै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो।

​गिरीलाई पक्राउ गर्न प्रहरी टोली पहिले नै विमानस्थल पुगिसकेको थियो। उनीविरुद्ध अदालतबाट पूर्वस्वीकृति (पक्राउ पुर्जी) लिइसकेकाले सोही आधारमा नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

उनका अनुसार गिरीमाथि अब आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइने छ।

एसपी कटुवालले ५ कराेड बढीको आपराधिक लाभ लिएको उजुरी प्रहरीलाई आएको जानकारी दिए।

काठमाडौँ जिल्ला अदालतले पाँच लाख धराैटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया