कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ साउन २०८३
  • 1K
    Shares

पोखरा, २१ साउन २०८३ .

सातौँ कञ्चन पत्रकारिता पुरस्कार–२०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपालबहादुर जिटी सम्मानित भएका छन्।

फोनिज गण्डकीद्वारा आयोजित कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजू लगायतले दुवै पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरे।

स्व. वेदमान गुभाजू र स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुभाजूद्वारा स्थापित उक्त पुरस्कार फोनिजको २७औँ स्थापना दिवसका अवसरमा अर्पण गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले पत्रकारिता र जिल्ला प्रशासनबीच सहकार्य आवश्यक रहेको बताउँदै संवेदनशील विषयमा जिम्मेवार पत्रकारिताको अपेक्षा व्यक्त गरे।

सम्मानित पत्रकार खेम सारु मगरले तीन दशक लामो पत्रकारिता यात्रामा प्राप्त सम्मानले थप जिम्मेवारी बढाएको बताए भने गोपालबहादुर जिटीले पुरस्कारले पत्रकारितामा अझ सक्रिय भएर काम गर्ने प्रेरणा दिएको बताए।

सो अवसरमा नवनियुक्त पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलप्रसाद पुन ‘तिलक’, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, लेखक रवीन्द्र माकाजू तथा पुरस्कारदाता बिमलमान गुभाजूलाई पनि सम्मान गरिएको थियो।

सम्मानित पत्रकार सारु करिब तीन दशकदेखि पोखरामा र जिटी दुई दशकदेखि स्याङ्जामा पत्रकारितामा सक्रिय छन्। कार्यक्रम फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया