लागू औषध ब्राउन सुगरसहित पोखराबाट भारतीय नागरिक पक्राउ, एकसय ४०.७७ ग्राम बरामद

लागू औषध ब्राउन सुगरसहित पोखराबाट भारतीय नागरिक पक्राउ, एकसय ४०.७७ ग्राम बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ साउन २०८३
  • 2.4K
    Shares

brown suger in pokhara

पोखरा, २० साउन २०८३ —

लागू औषध ब्राउन सुगर (खैरो हिरोइन)सहित पोखराबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, पूर्वी चम्पारण स्थायी घर भई हाल पोखरा–८ सृजनाचोकमा मण्डल खाजा घर सञ्चालन गर्दै आएका ४० वर्षीय चन्देश्वर महतो रहेका छन्।

प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ बजे पोखरा महानगरपालिका–८, सृजनाचोक क्षेत्रमा लागू औषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, पोखराबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले चन्देश्वर महतोको पसलबाट एकसय ४१ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) बरामद भएको प्रहरीले जनाएको छ।

बरामद पदार्थबारे जानकारी प्राप्त भएपछि थप प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि लागू औषध बरामद गरी महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

C

प्रतिक्रिया