ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको भित्तामा बस ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार बस अनियन्त्रित भई फ्लाईओभरको भित्तामा ठोक्किएको हो। दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
दुर्घटनापछि प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।