पोखरा, १९ साउन २०८३ ।
बागलुङको गलकोट नगरपालिका–४ स्थित ढलेपिपल सडकखण्डमा गएराति फोर्स गाडी दुर्घटनामा परेको छ।
गएराति करिब १०ः१५ बजे भएको दुर्घटनामा गाडीका चालक सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनाका बेला गाडीमा चालक मात्रै सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा घाइते चालकको गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।