पोखरा, १९ साउन २०८३ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्।
रघुगङ्गा गाउँपालिका–८ चौरखानीबाट खरिद गरी ल्याएको भैँसीसहित खोला तर्ने क्रममा घर्तीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
घर्तीलाई खोलाले बगाएको खबर पाएपछि स्थानीयवासी र प्रहरीले सोमबार साँझदेखि नै खोजी कार्य थालेका थिए। तर, अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार घर्तीको खोजीका लागि आज बिहानैदेखि पुनः टोली परिचालन गरिएको छ। प्रहरी र स्थानीयवासीले खोलाको आसपास तथा सम्भावित क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएका छन्। एआइले तयार पारेको चित्र