सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डटकम समाचारदाता
  • सोमबार, १८ साउन २०८३
  • 1.1K
    Shares

saptari bike accident , सप्तरीमा मोटरसाइकल दुर्घटना

काठमाडौं, १८ साउन २०८३ ।

सप्तरीको महादेवा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

महादेवा गाउँपालिका अन्तर्गत पकरीबाट बनौलीतर्फ जाने क्रममा हुलाकी सडकअन्तर्गत मिलन चोकबाट करिब ५०० मिटर पश्चिमतर्फ रहेको पुलको कल्भर्टमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको नै घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान, मोटरसाइकलको नम्बर तथा दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी छ ।

प्रतिक्रिया