काठमाडौं, १८ साउन २०८३ ।
नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बालाजुबाट एक लाख रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तोयाराका अनुसार सेवाग्राहीसँग भुक्तानी भइसकेपछि पनि कमिसन माग्दै बार्गेनिङ गरेको उजुरी परेपछि तामाङमाथि निगरानी गरिएको र सोही क्रममा घुससहित पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।
अख्तियारको टोलीले तामाङको साथबाट स्रोत नखुलेको थप ५ हजार रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । आयोगका अनुसार घुस रकम र थप बरामद रकमबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
सेवाग्राहीसँग कमिसन मागेको आरोप
भुक्तानी प्रक्रिया पूरा भइसकेपछि पनि सेवाग्राहीसँग कमिसन माग्दै रकमका लागि बार्गेनिङ गरेको आरोप तामाङमाथि लागेको हो । सोही उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो ।
घुस रकमसहित पक्राउ परेपछि तामाङमाथि भ्रष्टाचारसम्बन्धी कानुनअनुसार थप अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने अख्तियारले जनाएको छ ।