सुर्खेतको कृषि प्रयोगशालामा बेहोश भेटिएकी चन्द्रा सिंहको मृत्यु, जिल्ला प्रशासन कार्यालयका नासु प्रहरी नियन्त्रणमा

सुर्खेतको कृषि प्रयोगशालामा बेहोश भेटिएकी चन्द्रा सिंहको मृत्यु, जिल्ला प्रशासन कार्यालयका नासु प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डटकम समाचारदाता
  • सोमबार, १८ साउन २०८३
  • 817
    Shares

chandra singh, चन्द्रा सिंहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसीलाई नियन्त्रणमा

काठमाडौं, १८ साउन २०८३ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसी पक्राउ परेका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंहको मृत्यु भएको घटनामा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार चन्द्रा शनिबार प्रयोगशालाकै आवासगृहको बाथरुममा  बेहोश अवस्थामा फेला परेकी थिइन्। उनका श्रीमान् महेश बस्नेतले उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएका थिए । तर उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

चन्द्राको मृत्युको घटनालाई लिएर आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी परेपछि प्रहरीले नायब सुब्बा विसीलाई नियन्त्रणमा लिएको जनाएको छ । उजुरीमा उल्लेख गरिएका विषय तथा घटनासँग उनको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनाबारे अनुसन्धान जारी

प्रहरीले चन्द्रा बेहोस अवस्थामा भेटिएको स्थान, घटनाको परिस्थितिका साथै उनीसँग सम्बन्धित व्यक्तिहरूसँगको सम्पर्कलगायतका विषयमा अनुसन्धान अघि बढाएको बताइएको छ । घटनाको वास्तविक कारण र मृत्युको परिस्थितिबारे थप तथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।

नायब सुब्बा विसीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । उनीमाथि लागेको आरोप भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।

चन्द्राको मृत्युको कारणबारे चिकित्सकीय तथा अन्य अनुसन्धानबाट प्राप्त हुने विवरणलाई समेत प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार बनाउने जनाएको छ ।

प्रतिक्रिया