पोखरास्थित दुईवटा प्रहरी कार्यालयका प्रमुखहरुको काज सरुवा भएको छ। कास्कीमा शक्तिशाली ठानिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराई र वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरिक्षक तेज प्रसाद कंडेलको काज सरुवा भएको हो।
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको हेरफेर गर्ने क्रममा उनीहरुको काज सरुवा भएको प्राप्त समाचारमा जनाइएको छ।
प्राप्त जानकारी अनुसार , वडा प्रहरी कार्यालय बिदामका डिएसपी नमराज भट्टराईको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने उनको ठाउँमा डिएसपी सूर्यबहादुर बोगटी आउंदै छन्। पोखरास्थित वडा प्रहरी कार्यालय राम्बजारका प्रमुख प्रहरी निरिक्षक तेजप्रसाद कंडेलको सरुवा भएको छ। उनको ठाउँमा प्रहरी निरिक्षक सरिता मगरको काज सरुवा भएको छ। सम्भावत वडा प्रहरी कार्यालय राम्बजारको इतिहासमा पहिलो पटक महिलाले उक्त प्रहरी चौकीको नेतृत्व गर्दैछिन।
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) हेरफेरका क्रममा डीएसपी मीन कुँवर, डीएसपी राजु लामा र बैदामका नमराज भट्टराई प्रहरी प्रधान कार्यालय सरुवा भएका छन्। डीएसपी जनक पुरीलाई सीआईबीमा सरुवा गरिएको छ।
काठमाडौँको बौद्ध वृत्तमा डीएसपी मदनजीत महरालाई काजमा खटाइएको छ। अछाममा पविन्द्र बम, धनुषामा ओम खनाल, भोजपुरमा ज्ञानबहादुर खड्काले जिम्मेवारी पाएका छन्। बौद्धका डीएसपी सन्तोष रोकालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ।
यस्तै इलाका प्रहरी कार्यालय गोलबजारसहित ५ कार्यालयका इन्सपेक्टर पनि हेरफेर गरिएको छ।
उनीहरूलाई पनि शुक्रबार काजमा सरुवा गरिएको हो।
सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार कास्की, यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला महोत्तरी, सुरेन्द्रविक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र दिपक खरेल इलाका प्रहरी कार्यालय गोलबजारमा काज सरुवा भएका छन्।