७५ वर्षीया हजुरआमाको हत्या आरोपमा रौतहटबाट १८ वर्षीय नाति पक्राउ

७५ वर्षीया हजुरआमाको हत्या आरोपमा रौतहटबाट १८ वर्षीय नाति पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, १६ साउन २०८३
  • 912
    Shares

रौतहट, १४ साउन २०८३।

७५ वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा रौतहटबाट १८ वर्षीय नाति पक्राउ परेका छन्।

रौतहटको कटहरिया नगरपालिका–३, बडेर्वाकी ७५ वर्षीया वृद्धा तेतरी खातुनको हत्या गरीको आरोपमा उनकै १८ वर्षीय नाति साहिद शेख पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, शनिबार साँझ करिब ६ बजे बडेर्वा स्थित माइला छोरा शेख निमुदिनको टालीको छानो भएको भुईँ घरभित्र खाटमा मृत अवस्थामा भेटिएकी थिइन्। अनुसन्धानको क्रममा १८ वर्षीय नाति साहिद शेख संलग्न रहेको खुले पछि पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका साहिद शेखले आफ्नै हजुरआमाको हत्या गरेको स्वीकार गरेको पनि प्राह्रीले जिकिर गरेको छ। घटनाको कारण, हत्या कसरी गरिएको हो तथा अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया