आफैले बोकेको भरुवा बन्दुक पड्किँदा काभ्रेमा एक जना गम्भीर घाइते

आफैले बोकेको भरुवा बन्दुक पड्किँदा काभ्रेमा एक जना गम्भीर घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, १५ साउन २०८३
  • 380
    Shares

काठमाडौँ, १५ साउन २०८३।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँमा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४६ वर्षीय थामी तामाङ रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार तामाङ जंगली जनावर बँदेलले मकैबाली नष्ट गरेको भन्दै त्यसलाई मार्न भरुवा बन्दुक बोकेर घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा गएका थिए। सोही क्रममा बन्दुक अचानक पड्किँदा उनी गम्भीर घाइते भएका हुन्। घटनामा उनको दाहिने कोखा र पिठ्युँमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लगिएको छ। अस्पतालमा उनको उपचार भइरहेको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया