काठमाडौँ, १५ साउन २०८३।
सिरहा र धनुषाबाट सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्न भएको आरोपमा आठ जना पक्राउ परेका छन् ।
शुक्रबार अपराह्न ३ बजेसम्म साम्प्रदायिक/सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्न भएको आरोपमा सिरहाबाट ५ जना र धनुषाबाट ३ जना पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको थप विवरण प्रहरीले दिएको छैन ।
साउन १० गतेको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ ।